< हल्दिबारी–४ द्वारा प्रमुख प्रशासकीय अधिकृत बनको बिदाइ तथा सम्मान - हल्दिबारी डटकम हिन्दी
हल्दिबारी डटकम हिन्दी
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ हप्ता अगाडि

हल्दिबारी–४ द्वारा प्रमुख प्रशासकीय अधिकृत बनको बिदाइ तथा सम्मान

हल्दिबारी (झापा) — हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन ‘महेन्द्र’ लाई गाउँपालिकाको वडा नम्बर ४ ले सम्मान तथा बिदाइ गरेको छ।

Advertisement

​वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षता एवं पालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको प्रमुख आतिथ्यतामा मंगलबार ‘फेरि भेटौँला’ तथा सम्मान कार्यक्रम आयोजना गरी अधिकृत बनलाई बिदाइ गरिएको हो।

Advertisement

​कार्यक्रममा प्रमुख अतिथि मैनाली, सम्मानित व्यक्तित्व बन, स्वास्थ्य चौकी प्रमुख माधवप्रसाद यादव तथा दीपेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले अधिकृत बनको कार्यकालमा गाउँपालिका र वडाको प्रशासनिक क्षेत्रमा पुगेको योगदानको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभयो।

​वडा सदस्य सुरेन्द्र बारकोटीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन तथा सहजीकरण भने वडा सचिव टिकाराम ढकालले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखक की अन्य सामग्री (See author's posts)

अन्य समाचार (More News)