हल्दिबारी डटकम हिन्दी
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ महिना अगाडि

कवि ढुङ्गानाको ‘एक मुट्ठी भोक’ सार्वजनिक

राजु बराल /चन्द्रगढी, साउन २ । अग्रज पत्रकार एवं कवि देवेन्द्र किशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ सार्वजनिक गरिएको छ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा शनिबार चन्द्रगढीमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त कृतिको विमोचन गरिएको हो ।

Advertisement

​नेपाली साहित्य परिषद् झापाको आयोजना, स्वतन्त्र आवाज प्रकाशनको संयोजन तथा वर्तमान साहित्य प्रतिष्ठानको सह-संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

​कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गङ्गा प्रसाद अधिकारीले कृतिको सार्वजनिक गरेका थिए । विमोचित कृति ‘एक मुट्ठी भोक’ माथि टिप्पणी गर्दै साहित्यकार चूडामणि वाशिष्ठले ढुङ्गानाका कविताहरूले समसामयिक सामाजिक यथार्थ र मानवीय संवेदनालाई सशक्त रूपमा उतारेको बताए ।

​नेपाली साहित्य परिषद् झापाका महासचिव राजु बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा पत्रकार योगेश खपाङ्गीले स्वागत मन्तव्य राखेका थिए । कृतिकार देवेन्द्र किशोर ढुङ्गानाकै अध्यक्षतामा भएको सो साहित्यिक समारोहमा कविहरू विरही अधिकारी, लता खरेल, महेन्द्र कोइराला, उषा गुरुङ, लक्ष्मी चुडाल लगायतले आ-आफ्ना कविता वाचन गरेका थिए भने डिल्ली रमण नेपालले लोकगीत प्रस्तुत गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखक की अन्य सामग्री (See author's posts)

अन्य समाचार (More News)