< ५ लाख रुपैयाँ घुस रकमसहित लहानका कर अधिकृत पाल रंगेहात पक्राउ - हल्दिबारी डटकम हिन्दी
हल्दिबारी डटकम हिन्दी
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

५ लाख रुपैयाँ घुस रकमसहित लहानका कर अधिकृत पाल रंगेहात पक्राउ

सिरहा । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

Advertisement

​अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई घुस रकम लिँदै गर्दा नियन्त्रणमा लिएको हो।

Advertisement

​सिरहा सुपर मार्केट प्रा.लि.को पूर्ण कर परीक्षण गर्ने क्रममा कर अधिकृत पालले सेवाग्राहीसँग घुस माग गरेका थिए। सुरुमा १२ लाख रुपैयाँ घुस मागेका उनले पछि ५ लाख रुपैयाँमा काम फछ्र्योट गरिदिने सहमति जनाएका थिए।

​विभिन्न व्यक्तिमार्फत रकम असुल गर्ने प्रयास असफल भएपछि उनी कार्यालयभित्रै घुस लिन तयार भएका थिए। सेवाग्राहीलाई कार्यालयमै बोलाएर ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखक की अन्य सामग्री (See author's posts)

अन्य समाचार (More News)